News Portal

  • आउदो चुनावका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटाईदै

    जनगर्जन संवाददाता
    १७१ पटक

    १४ बैशाख, काठमाडौं बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावका लागि २० हजार जनाभन्दा बढी पर्यवेक्षक खटाईने भएको छ।

    स्थानीय तहको चुनावका लागी निर्वाचन आयोगमा पर्यबेक्षकका लागि ६८ वटा संस्थाले अनुमति लिएको जनाइएको छ । ती संस्थाबाट २० हजार भन्दा बढी पर्यवेक्षक चुनावमा खट्दै छन् ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ६८ संस्थाका २० हजारभन्दा बढीले पर्यवेक्षणका लागि प्रस्ताव गरेका छन् । अब ती प्रस्तावमाथि चेकजाँच गरेर मात्रै आयोगले पर्यवेक्षक हुनका लागि परिचय पत्र पनि अनिवार्य रुपमा जारी गर्नेछ। साथै आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत खुलाइदिईने भएको छ ।

    प्रतिकृया दिनुहोस्