News Portal

  • पुरानै उम्मेदवारका पुरानै घोषणपत्र

    जनगर्जन संवाददाता
    २१७ पटक

    १३ बैशाख, भक्तपुर नजिकिदै गरिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरूले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । सबै दलहरूले आ आफ्नो घोषणापत्रमा ठुल्ठुला सङ्कल्प गरी जनमत जुटाउने जमर्को गरेका छन् । तर दलहरूको महत्त्वाकाङ्क्षी घोषणापत्रले सर्वसाधारणलाई भने नजिकै तान्न भने सकेको छैन । किनकि जित्ने पुराना दलहरूले अघिल्लो चुनावको घोषणापत्रमा जनाएका प्रतिबद्धता अनुरुप कुनै पनि कार्यान्वयन पुरा गर्न सकेको छैन। यता वैकल्पिक रूपमा आएका नयाँ राजनीतिक दलहरूलाई जनताले स्पष्ट रूपमा विश्वास गर्न सकेका छैनन् ।

    घोषणापत्र अनुसार काम गर्न नसकेका पाचवर्ष कार्यकाल सकेर फेरि उम्मेदवारी दिएका दलका नेताहरु पहिले प्रतिबद्धता गरेका कामहरु पूरा गर्न पनि फेरि उम्मेदवारी दिनु परेको मिठागफ गर्दै पुरानै घोषणापत्र ल्याएर मैदानमा आएका छन् । तर जनताहरुलाई खासै नयाँ अनुभुती प्राप्त गरेको भने कतै पाईदैन ।

    प्रतिकृया दिनुहोस्