News Portal

  • केपी ओलीको विश्लेषण : पार्टी फुट्दैन, एकता भंग हुन्छ

    जनगर्जन संवाददाता
    ३७ पटक

    ६ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी  ओलीले नेकपा नफुट्ने बताएका छन् ।बालुवाटारमा प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूको विश्लेषण के छ भने दुई अध्यक्षको सहमतिविना केन्द्रीय कमिटीको बैठक बस्न सक्दैन ।

    त्यसरी बैठक राखियो भने पार्टी एकता भंग हुन्छ र पूर्वसमूहहरू आ-आफ्नो बाटो लाग्छन् ।’तर, पार्टी नफुटे पनि एकता भने भंग हुने र पूर्वसमूह ( एमाले र माओवादी) आ–आफ्नो बाटो लाग्न सक्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बिहान आफूनिकटका सांसद र केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विश्लेषण सुनाए । आफूले संसद विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने कारणबारे बताउनका लागि ओलीले आफ्नो पक्षका नेताहरूलाई बालुवाटारमा बोलाएका थिए ।

    प्रचण्ड-माधव पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । दुई अध्यक्षको सहमतिबिना त्यो बैठक बसेमा अवैधानिक हुने र पार्टी एकता भंग भई पूर्वसमूह (एमाले र माओवादी) जागृत हुने प्रधानमन्त्री ओलीले बताए । त्यसपछि आ-आफ्नो बाटो लाग्दा हुन्छ, एमाले एकातिर लाग्छ, माओवादी एकातिर लाग्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कोही (माधव नेपालहरू) प्रचण्डसँग जान चाहन्छन् भने जान पाउँछन्, जस्तै लेखराज भट्ट रामबहादुर थापा बादल यतातिर आएमा एमालेको नेता बन्ने उनले संकेत गरे ।

    प्रतिकृया दिनुहोस्