


काठमाण्डौँ,
छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को दसौं दिन अर्थात बैसाख ३ प्रिति आले टीका प्रसाईं लगायत स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ ।
त्यस्तै हिजो बैसाख २ गते शुक्रबार चर्चित गायक बविता बानियाँ निशान भट्टराई नेपालको पहिलो द जेन्टलमेन्ट बैड लगायतका कलाकारहरुले भक्तपुरको पुरै माहोल उल्लासमय बनाएका थिए भने भोजपुरी स्टार निरहुवा र अमरपालीको विशेष उपस्थितिले पुरै भक्तपुर मेलाको माहोल तताएको थियो ।
आज १०अौं दिन पुग्दैं छ । मेलामा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिसंगै भईरहेको खुल्ला नृत्य प्रतियोगिता डान्स आईडलमा आज सेमिफाईनल हुँदै छ । फाइनल चरणसम्ममा टप ५ घोषणा गर्ने पनि निर्णय प्रमुख निर्णायकको रुपमा रहेका गायक, सञ्चारकर्मी, कोरियोग्राफर तथा निर्देशक सुमन कुमार श्रेष्ठ तथा सञ्चारकर्मी तथा कोरियोग्राफर ईन्द्र बिशंखेले जानकारी गराए । जसको अन्तिम निर्णय भने महोत्सवको अन्तिम दिन हुने जानकारी आयोजकले गराए ।
