News Portal

  • जेलमोर्चा क्रान्तिकै एक महत्वपूर्ण मोर्चा हो ; विप्लव

    जनगर्जन संवाददाता
    ५२६ पटक

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेलमोर्चा पनि क्रान्तिकै एक महत्वपूर्ण मोर्चा भएको बताउँदै सरकारसँगको सहमतिअनुसार सबै मुद्दा फिर्ता हुने र नेता–कार्यकर्ता रिहा हुने विश्वास व्यक्त गरेका छन ।

    दलित मुक्ति मोर्चा नेपालको पाँचाैँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न धनगढी पुगेका महासचिव विप्लवले कैलाली कारागारका आस्थाका बन्दीहरूसँगको भेटघाटमा उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका लक्ष्मण सेराला ‘रोहित’, राजेश थापालगायत कैदीबन्दीसँग भेटघाट गरेका हुन् । भेटका क्रममा रोहितलगायत कार्यकर्ताले सहमतिअनुसार रिहाइको प्रक्रियामा विलम्ब भएको, राज्यले उचित उपचारको प्रबन्ध नगरेको, कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसाइमा समस्या रहेको, पार्टीले कैदीबन्दीका समस्यामा आवश्यकताअनुसार ध्यान दिनुपर्नेलगायत गुनासो गरेका थिए ।

    महासचिव विप्लवले सरकारसँग संवाद जारी रहेको र सहमति अविलम्ब कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए । भेटघाटका क्रममा कैलाली कारागारका जेलर नरबहादुर थापालगायतले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा अप्ठ्यारो भएको, कैदीबन्दीको क्षमताको सदुपयोग गर्ने नीति बन्न नसक्दा सदुपयोग गर्न नसकिएकोलगायत समस्या रहेको जानकारी गराएका थिए ।

    प्रतिकृया दिनुहोस्