News Portal

  • जनवादी गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक

    जनगर्जन संवाददाता
    ७८४ पटक

    बुटवल । नेकपा केन्द्रीय सदस्य, गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक भएको छ ।

    नेकपा केन्द्रीय सदस्य वीरजंगप्रति समर्पित “श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली” शीर्षकको गीत पुनले सोमबार आफ्नो युट्युब च्यानलमा राखेर सार्वजनिक गर्नुभएको छ । बीरजंगको क्रान्तिप्रतिको चट्टानी अडान र वैचारिक आदर्शलाई मर्मस्पर्शी शब्दहरुमा उनेर पुनले गीतका रुपमा प्रस्तुत गर्नुभएको हो ।

    गीतमा पुनले कमरेड वीरजंगप्रति शीर उचाली श्रद्धाञ्जली व्यक्त गर्दै उहाँ पहाडजस्तै चुनौतीलाई पचाउदै कहिल्यै ननिभ्ने तारा जस्तै अजर अमर जस्तै चम्किरहने योद्धाका रुपमा प्रस्तुत गर्नुभएको छ । गीतमा कमरेड बीरजंगको निधनले फूलझरेको रित्तो बगैचा र साथी छुटेको खल्लो पंक्षीजस्तै भएको र कमरेड वीरजंगको मृत्यु सागरजस्तै गहिरो भएको भाव रहेको छ । कमरेड बीरजंगले हिँडेको बाटो कहिल्यै नभुल्ने प्रण गीतमा गरिएको छ ।

    यसअघि गीतकार एवं संगीतकार चिरन पुनको सयौं क्रान्तिकारी गीत र एल्बमहरु सार्वजनिक भइसकेको छन् । .

     

    प्रतिकृया दिनुहोस्