News Portal

  • २८ महिनापछि रिहा भए नेकपाका नेता रणवीर

    जनगर्जन संवाददाता
    ७३३ पटक

    २८ महिना लामो जेल जीवन बिताएर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भरत बम ‘रणवीर रिहा भएका छन् । नेता रणवीरलाई एक लाख धरौतीमा उच्च अदालत नेपालगन्जले रिहा गर्न आदेश दिएको हो ।रिहाईको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतमा एक महिनाभित्र फैसला गर्न परमादेश जारी गरेको थियो ।

    नेकपामाथिको प्रतिबन्धकै अवस्थामा रणवीरलाई गिरफ्तार गरेर प्रहरीले हात हतियार, रान्ज्यद्रोहको मुद्धा लगाएको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो ।

    रिहा पछि नेकपा काठमाडौं ले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । स्वागत कार्यक्रमा नेकपाका सचिपालय सदस्य सुर्दशन , केन्द्रीय सदस्य माइला लामा र वन्दु चन्दको पनि उपस्थीति थियो नेकपाका नेता कार्यक्रताले नारा जुलुसका साथ भब्य स्वागत गरेका थिय ।

    प्रतिकृया दिनुहोस्