News Portal

  • मेस्सीले पेलेको कीर्तिमानले बराबरी गरे

    जनगर्जन संवाददाता
    ७०३ पटक

    लियोनेल मेस्सीले एउटै क्लबका लागि पेले बनाएको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । शनिबार भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि करियरको ६४३ औँ गोल गर्दै मेस्सीले सो कीर्तिमान बनाएका हुन् ।

    .सन् २००४ मा फ्रांक रायकार्डले डेब्यु दिए यता मेस्सीले कयौँ कीर्तिमान भंग गरिसकेका छन् ।शनिबार भ्यालेन्सियाबिरुद्ध पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काउँदै मेस्सीले पेलेको कीर्तिमान बराबरी गरे ।पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गर्न सफल भएका थिए । पेलेले आफ्नो करियरमा १ हजारभन्दा बढी गोल गरेको मानिन्छ ।

    यता, मेस्सीले कयौँ कीर्तिमान बनाएका छन् भने बार्सिलोनाका लागि १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन् । उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन् ।

    प्रतिकृया दिनुहोस्