News Portal

  • नेकपाका सचिपालय सदस्य हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    जनगर्जन संवाददाता
    ४९४ पटक

    ३१ असार, काठमाडौं । सर्वोच्च अदालतले विप्लवले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टीका सचिपालय सदस्य हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

    बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    विप्लवले नेतृत्व गर्नु भएको नेपाल कम्युनिस्ट पार्टीले एनसेल मुख्यालयमा बम विस्फोट गराएको घटनाको वलीले बीबीसी नेपाली सेनामा अन्तर्वार्ता दिँदै आफूहरुले गराएको भनी जिम्मा लिएका थिए ।

    जिल्ला अदालतको उक्त आदेश वेरीतको रहेको भनी वलीले २०७६ जेठ १६ गते नै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले वलीलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश मिलेकै देखिएको भनी सदर गरेको थियो ।

    त्यसविरुद्ध वलीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । वली हाल मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रम उपचाररत छन् ।

    सर्वोच्च अदालतले जीवन रक्षार्थ मानवीय दृष्टिकोणबाट संवेदनशील भई अस्पताल भर्ना भएको अवस्थामा थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न लगाउनु मानवीय दृष्टिले बेमनासिव देखिएको ठहर गरेको छ ।

    ‘अब निज निवेदक हेमन्तप्रकाश वलीको हकमा पछि मुद्दामा प्रमाण बुझ्दै जाँदा ठहर भए बमोजिम हुने गरी प्रस्तुत मुद्दामा हाल मुद्दा पुर्पक्षको लागि साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला’ सर्वोच्चको आदेशमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्