News Portal

  • आज एमाले कार्यदल बैठक बस्दै

    जनगर्जन संवाददाता
    ६३६ पटक

    काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । बुधबार साझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुन नसकेपनि कार्यदलले छलफललाई निरन्तरता दिने भएको छ ।कार्यदलका ओली पक्षीय संयोजक सुवासचन्द्र नेम्वाङले विहीबार साढे ११ बजे सिंहदरबारस्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक बस्ने बताए ।

    उनले बुधबार साझ ओली र नेपालबीच पार्टी एकताबारे कुरा नमिलेको भनेर हल्ला फिँजाइएपनि कार्यदलमा आज सहमति हुन सक्ने बताए । सहमति जुटाउने प्रयासको स्प्रीड नघटेको भन्दै हल्लाको कुनै अर्थ नरहेको नेम्वाङको भनाइ छ ।

    ‘हल्लाको अर्थ छैन, आज सहमति हुन सक्छ । हिजो नेताबीचको कुरा नमिलेको भनेर हल्ला फिँजाइए पनि त्यसको कुनै अर्थ छैन । हाम्रो सहमति जुटाउने प्रयासको स्प्रीड घटेको छैन,’ उनले भने ।

    मेरियट होटल वार्तामा ओलीले नेपाललाई निःशर्त सहयोगका लागि आग्रह गरेका थिए । नेता नेपाल भने सांगठनिक रुपमै शक्ति बाँडफाँड गरेर जानुपर्ने पक्षमा उभिएका थिए ।

    उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर शक्ति बाँडफाँड कुरा गर्दा ओली सकारात्मक नभएको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्