News Portal

  • प्रधानमन्त्री केपीओलीले कटाक्ष :मलाई बहुला कुकुरले टोकेको छ र माधव नेपाल जस्तो मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने ?

    जनगर्जन संवाददाता
    ६७३ पटक

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल विरुद्ध पुनः कटाक्ष गरेका छन् । बालुवाटारमा मदनभण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, के मलाई बहुला कुकुरले टोकेको छ र ? यस्ता ( माधव नेपाल जस्ता ) मान्छेलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न ? उनले आफूले प्रधानमन्त्रीमा माधव कुमार नेपाललाई प्रस्ताव नगरेको दाबी गरे ।

    ‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे’ ओलीले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ? माधव नेपाल आफैले आफ्नो नाम चर्चामा ल्याएको ओलीको जिकिर छ ।
    केही दिन अघि पत्रकारहरुसगँको अन्तरक्रियामा माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्रीको अफर आएको तर आफूले विपक्षी गठबन्धनलाई धोका नदिने उल्लेख गरेका थिए ।

    माधव नेपाल शेर बहादुर देउवा र प्रचण्डका मामुली कार्यकर्ता हुन, प्रचण्डले छिन छिनमा रंग फेरेर छेपारोलाई त फेल गराए, माधव नेपालको के कुरा ओलीले टिप्पणी गरे ।

    प्रतिकृया दिनुहोस्