News Portal

  • खुमलटारदेखि शीतलनिवाससम्म प्रधानमन्त्रीको दौडधुप के छ त्यस्तो कारण

    जनगर्जन संवाददाता
    ६४७ पटक

    ४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता एकाएक बढेको छ । शनिबार मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गरेका छन् ।यसअघि त्यस्ता भेटघाट गर्दा बालुवाटारमै गर्ने ओेलीले शनिबार भने बाहिर निस्के । त्यसका लागि उनी शनिबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगे भने आजै बिहान खुमलटारबाट बालुवाटार फर्कदा ओली मन्त्रीहरुको निवास पुल्चोक पसेर गृहमन्त्रीसहित अन्य चार मन्त्रीहरुसँग समेत भेटवार्ता गरेका थिए ।

    साँझ राष्ट्पति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुगेका हुन् । ६ बजे शीतलनिवास पुगेका ओली र राष्ट्पति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ ।

    पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ ।सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै नेकपाको एक समूहले उनको बहिर्गमनको माग गरिरहेको छ । तर, उनले त्यसलाई रोक्न अनेक उपायहरु अपनाएपनि असफल हुदै आएका छन्

    प्रतिकृया दिनुहोस्