News Portal

  • नेकपाका नेता कञ्चन र डा. भट्टराईबीच समसामयिक राजनीतिक विषयमा छलफल

    जनगर्जन संवाददाता
    ४६९ पटक

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संसदीय व्यवस्था व्यवहारिक रुपमा नै पूर्ण असफल भएकाले दलाल संसदीय व्यवस्थाको अन्त्य गरी एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत् वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने एजेण्डा राख्दै आएको छ । जसको लागि नेकपा र नेपाल सरकारबीच भएको ३ बुँदे सहमति पश्चात् नेकपाले व्यवस्था फैसला गर्ने चुनाव, जनमत सङ्ग्रमा जानुपर्ने र त्यो अधिकार एकपटक नेपाली जनताले पाउनुपर्ने माग राख्दै आएको छ ।

    बुधबार नेकपाका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र केन्द्रीय सदस्य दिपकले जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् । भेटवार्तामा देशको वर्तमान नेपाली राजनीतिमा देखा परेका सङ्कट र यसको निकास, कोरोना महामारी नियन्त्रणमा राज्यको उदासिनता, बाढी पीडित परिवारको उद्धार, व्यवस्थापन र राहत वितरणलगायत जनतन्त्र र जनजीवीकाको विषयमा छलफल भएको नेकपाको स्रोतले बताएको छ ।

    नेकपाले पछिल्लो समय वर्तमान नेपाली राजनीतिमा देखिएका सङ्कटको निकासका लागि नेपालका सबै राजनीतिक दलसँग छलफल, बहस र सहकार्यलाई तिव्रता दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्