News Portal

  •  रौतहट चन्द्रपुरमा श्रीमानले गरे श्रीमतीलाई एसिड प्रहार

    जनगर्जन संवाददाता
    १४० पटक

     रौतहटको चन्द्रपुर नगरपालिका –४ की दीपिका विकमाथि एसिड प्रहार भएको छ । ३८ वर्षीया विकमाथि उनकै श्रीमान ४२ वर्षिय दीपकले शनिबार साँझ एसिड प्रहार गरेका हुन् । घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

    दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको चन्द्रपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ ।

    चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । आरोपित दीपकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

    प्रतिकृया दिनुहोस्