News Portal

  • गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै

    जनगर्जन संवाददाता
    ४४१ पटक

    गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले रातोपाटीलाई जानकारी दिए ।

    त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय पनि मागिएको उनको भनाइ छ । अहिले गठबन्धनका सांसदहरु भेला हुने क्रम सुरु भएको छ । थापाका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो ।

    आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् ।  उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ ।

    प्रतिकृया दिनुहोस्