News Portal

  • पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना ,संक्रमण, ८१ जनाको मृत्यु

    जनगर्जन संवाददाता
    ३५८ पटक

    २६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन्

    प्रतिकृया दिनुहोस्