News Portal

  • स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ देखि ५ वर्षसम्म जेल

    जनगर्जन संवाददाता
    ३३८ पटक

    स्वास्थ्यकर्मीमाथि कसैले आक्रमण गरेमा २ देखि ५ वर्ष जेल सजाय हुने भएको छ । कसैले कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा आक्रमण गरेमा २ देखि ५ वर्षसम्म कैद वा २ देखि ५ लाख रुपैयाँ वा दुबै सजाय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ मा उल्लेख गरिएको छ ।

    डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले आफूहरुमाथि आक्रमणका घटना बढ्न थालेको भन्दै कडा कारवाहीको व्यवस्थासहितको कानुन ल्याउन माग गर्दै आएपछि सरकारले अध्यादेशमार्फत यस्तो व्यवस्थासहितको कानुन ल्याएको हो

    सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) अनुसार आइतबार अध्यादेश जारी गरेकी हुन् ।

    प्रतिकृया दिनुहोस्