News Portal

  • वीरगंज महानगरपालिकाले आगामि शैक्षिक सत्र असार १ गते देखि विद्यालय संचालन गर्ने

    जनगर्जन संवाददाता
    ३७९ पटक

    विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वस्थ्य सुरक्षाका मापदण्डहरुको अनिवर्य पालना गर्न पर्ने छ । विद्यालयले अर्को सुचना नहुन्जेल सवारी साधन चलाउन नपाइने,शिक्षण सिकाइको वैकल्पिक उपायहरु विद्यालय र अभिभावक विच सहमति गरेर लागु गर्नु पर्ने निर्णय गरेको छ । त्यसै गरी अषढ १ गते देखि ७ गते सम्म विद्यार्थी भर्ना लगायत व्यावस्थापकिय कार्य गर्ने,असार ८ देखि १५ सम्म भर्ना सप्ताह अन्र्तगत घर दैलो कार्यक्रम संचालन गर्ने र असार १५ गते पश्चात नियमित रुपले पठा पाठन गर्ने महानगरपालिकाको बैठकले निर्णय गरेको छ ।

    अहिले संक्रमितको संख्या घट्दै गइरहेको र असार १ गते सम्म अवस्था संचालन गर्न सक्ने भयो भने कक्षा ८ देखि १२ कक्षाका विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय गरिएको वीरगंज महानगरपालिकाका प्रशासन प्रमुख प्रदिप कुमार निरौलाले जानकारी दिनु भयो । साथै असार १ गते सम्म संक्रमितको संख्या घटेन र संचालन गर्न सक्ने अवस्था रहेन भने अर्को निर्णय गरीने निरौलाले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्