News Portal

  • पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जना कोरोना संक्रमित थपिंदा ८ हजार २४३ जना निको

    जनगर्जन संवाददाता
    ३५२ पटक

    पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् ।

    यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण भएको थियो ।

    जसमा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० (पीसीआर) र १ लाख ३१ हजार ४ (एन्टिजेन) पुगेको छ ।

    यस्तै निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ७९९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्