उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।
जसपाका अर्का अध्यक्ष भट्टराई र उपेन्द्र यादव भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा छन् ।