News Portal

  • ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ : विश्वप्रकाश शर्मा

    जनगर्जन संवाददाता
    ४५ पटक

    प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् । सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् ।

    संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका  छ । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका छन् ।

    शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुलाई वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए  । काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति ओलीलाई आग्रह गरेका छन् ।

    ‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान ? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब,’ शर्माले भनेका छन् ।

    प्रतिकृया दिनुहोस्