News Portal

  • सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने ;बाबुराम भट्टराई

    जनगर्जन संवाददाता
    ५२६ पटक

    १८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् ।

    भट्टराईले एक ट्विट गर्दै नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै प्रश्नसमेत गरेका छन् ।

    उनले भनेका छन,’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो ? सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’

    प्रतिकृया दिनुहोस्