News Portal

  • प्रतिनिधि सभा विघटनको मुद्धा हेर्दा हेर्दैमा स्थगित

    जनगर्जन संवाददाता
    १२१ पटक

    काठमाडौं, जेठ १६ । प्रतिनिधि सभा विघटनबारे परेका मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा आज स्थगित भएको छ ।

    आइतबार भएको बहस इजलाशमा रहेको न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सुनुवाई गर्न नमिल्ने जिकीर मुद्दाका पक्ष वकीलहरुले गरेपछि त्यसैमा केन्द्रीत हुँदा बहस मुख्य बुदामा प्रवेश नै गर्न सकेन

    रिट निवेदकका सबैजसो कानुन व्यवसायीले न्यायाधीश श्रेष्ठ र केसीलाई इजलाशमा निरन्तरता दिन नहुने भन्दै प्रश्न गरेका छन् । आफूले तोकेको इजलाशका न्यायाधीशप्रति प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वरिष्ठ अधिवक्ताहरूबीच सवाल जवाफ भएको थियो । यद्यपि, इजलाशमा बस्ने नबस्ने निर्णय भने न्यायाधीशद्वयले नै लिने प्रधानन्यायाधीश राणाको भनाई छ । यस विषयमा संभवत भोली दुई न्यायधिशले निर्णय लिने बताईएको छ ।

    प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा केसीले अघिल्लो पटक पनि सुनुवाई गरेको तथा श्रेष्ठले नेकपा विघटन गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको भन्दै रिट निवेदकका वकीलहरुले उहाँहरु इजलाशमा बस्न नहुने माग गरेका छन् ।

    संवैधानिक इजलाशमा प्रधानन्यायाधीश जबराका साथमा न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् । संसद विघटनको बिरुद्ध बिपक्षी गठबन्धन सहित अन्य गरी दुई दर्जन बढी रिटको एकमुष्ट सुनुवाई भईरहेको छ ।

    प्रतिकृया दिनुहोस्