News Portal

  • स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन

    जनगर्जन संवाददाता
    ४७९ पटक

    १५ जेठ, काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण र रोकथाममा केन्द्रीत भनिएको बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई झण्डै सवा खर्ब रकम विनियोजन गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यतर्फ १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष स्वास्थ्य मन्त्रालयतर्फ ९० अर्ब ६९ करोड रुपैयाँ बजेट परेको थियो ।

    सरकारले लक्षित समूहका सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको र खोपका लागि २६ अर्ब ७५ करोड रकम छुट्याएको छ ।

    कोभिड-१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।

    स्वास्थ्यका मुख्य कार्यक्रम

    • औषधि खरिदका लागि ५ अर्ब ६० करोड
    • राजधानीमा ३०० शय्या र प्रदेशमा ५०-५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
    • स्थानीय तहमा ५/१०/१५ शैयनका आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
    • स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
    • स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्‍याउन ७ अर्ब ५० करोड
    • एक सय शैयाभन्दा बढी क्षमतामा अनिर्वाय अक्सिजन प्लान्ट
    • अक्सिजन उद्योग स्थापनाका लागि उपकरण आयात गर्दा भाग्ने भन्सार र मूल्य अभिबृद्धि करमा पुरै छुट
    • जनशक्ति अभाव हुन नदिन सेवा निवृत्ति वा इन्टर्नशिपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्षका लागि करारमा लिइने
    • ४० वर्षमाथिका नागरिकको रत्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पोठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण
    • कीर्तिपुरमा १५०० शैयाको अत्याधुनिक स्पेशियालिटी केन्द्र निर्माण सुरु गरी ३ वर्षमा सञ्चालनमा ल्याइने
    प्रतिकृया दिनुहोस्