News Portal

  • प्रधानमन्त्री नियुक्तिका लागि देउवाले दाबी पेश गर्ने,सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर

    जनगर्जन संवाददाता
    ५१६ पटक

    ८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

    कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को सांसदहरुको हस्ताक्षर सहित सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् ।  प्रधानमन्त्रीमा दाबी गर्ने देउवाको तयारी छ ।

    यसका लागि अहिले कांग्रेस संसदीय दलको कार्यालयमा चार पक्षका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

    प्रतिकृया दिनुहोस्