News Portal

  • नेकपा एमालेले आज २८औँ मदन-आश्रित स्मृति दिवस मनाउँदै

    जनगर्जन संवाददाता
    ६३ पटक

    नेकपा एमालेका तत्कालीन महासचिव  मदन भण्डारी र पार्टीका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा आज २८औँ मदन-आश्रित स्मृति दिवस मनाइँदैछ । सत्तारुढ नेकपा एमालेले आफ्ना जनप्रिय नेताहरुको सम्झनामा विभिन्न कार्यक्रम गरेर स्मृति दिवस मनाउने तयारी गरेको छ । यसैक्रममा पार्टीको केन्द्रीय कार्यालय मदननगर, बल्खुमा रहेको मदन-आश्रितको शालिकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माल्यार्पण गर्दैछन् ।

    कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमा माल्यार्पण गर्नेछन्।

    जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व थिए ।  छोटो राजनीतिक जीवनमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । उनीसँगै संगठन विभाग प्रमुख आश्रितको पनि सोही दुर्घटनामा मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस्