News Portal

  • कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने छौं : अध्यक्ष ओली

    जनगर्जन संवाददाता
    २०६ पटक

    प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) माओवादी केन्द्रसँगको एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको बताएका छन् ।

    सोमबार २८ औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास सफल हुन नसकेको बताए ।केही विभाजनकारी, अस्थिर र अवसरवादी सोचले लक्ष्य पूरा हुन नदिएको ओलीको भनाइ छ । ‘

    तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक– आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो । तर, कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन,’ विज्ञप्तिमा भनिएको छ ।

    कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहन कृतःसङ्कल्पित भएको अध्यक्ष ओलीले बताए । यस्तै ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्