News Portal

  • प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान टु वान’ वार्ता शुरु

    जनगर्जन संवाददाता
    १२५ पटक

    २ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ ।

    प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ ।

    नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम गरेर अगाडि बढ्ने शुक्रबारको बैठकमा सहमति भएको थियो ।उक्त सहमति कार्यान्वयनको प्राविधिक पक्ष मिलाउन कार्यदल गठन गर्ने सहमति भएको थियो । कार्यदलका सदस्यहरु ओली र नेपालले टुंगो लगाउँदैछन् ।

    प्रतिकृया दिनुहोस्