News Portal

  • कोरोना अपडेटः ९ हजार २३८ संक्रमित, १६८ को मृत्यु, ४४ सय बढी डिस्चार्ज

    जनगर्जन संवाददाता
    १०२८ पटक

    काठमाडौं, बैशाख २९ । नेपालमा कोरोना संक्रमण उच्च दरमा बढ्ने क्रम अझै रोकिएको छैन । साथै मृत्युदर पनि बढीरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

    योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ९ हजार २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर परीक्षणबाट ९ हजार २३८ जनामा कोरोना पुष्टि भएको छ ।

    उनका अनुसार एन्टिजेन विधिबाट गरिएको ४२४ नमुना परीक्षणमा ६७ जनामा पोजिटिभ देखिएको छ ।

    यस्तै २४ घण्टामा ४ हजार ४४४ संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्