News Portal

  • देउवा–दाहाल भेटवार्ता सम्पन्न ,प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस र माओवादी केन्द्रको निर्णय

    जनगर्जन संवाददाता
    ६५ पटक

    काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा केही समय अघिमात्रै देउवा–दाहाल भेटवार्तामा बसेका थिए । उता, माधव नेपाल पक्षधर सांसदहरुले राजीनामा नदिने निर्णय गरेपछि देउवा आफ्नो नेतृत्वमा गठबन्धन सरकार बनाउनबाट हच्किएका छन् ।

    प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस र माओवादी केन्द्रको निर्णय छ । त्यसैले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने बित्तिकै यी दुई दलले संविधानको धारा ७६ (२) बमोजिमको सरकार गठनका लागि दाबी गर्ने भएका छन्। अविश्वासको प्रस्ताव दर्ता गर्न नपर्नेबारे देउवा र दाहालबीच सहमति भएको हो ।

    प्रतिकृया दिनुहोस्