News Portal

  • प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै

    जनगर्जन संवाददाता
    ५३२ पटक

    ४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । बैठक शनिबार विहान ११ बजे बालुवाटारमा बस्न लागेको हो ।

    कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए ।

    पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

    प्रतिकृया दिनुहोस्