News Portal

  • अग्रगामी निकास र जनचाहाना अनुरुपको निम्ति पार्टीले अबलम्वन गरेको नयाँ नीति अनुसार सरकारसग वार्ता र सहमति : प्रकाण्ड

    जनगर्जन संवाददाता
    १२५८ पटक
    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकीकृत जनक्रान्तिको विकसित संघर्षको स्परुपमा राजनैतिक अवस्थाको परिणाम सरकारसँगको ३ बुँदे सहमित भएकाको बताएका छन् । अाज उपत्यका विशेष ब्युरोस्तरिय कार्यकर्ता भेलालाई प्रिशक्षण दिदैँ प्रवक्ता प्रकाण्डले भने , मुलसको जटिल राजनैतिक परिस्थिति संकटको अग्रगामी निकास र जनचाहाना अनुरुपको निकासका निम्ति पार्टीले अबलम्वन गरेको नयाँ नीति अनुसार सरकार सग वार्ता र सहमति भएको हो प्रकाण्डको भनाई थियो ।
    राष्ट्रिय मुक्ति र जनक्रान्तिका लागि इमान्दारितापर्वक जनक्रान्तिमा लामबद्ध हुन पार्टी कार्यकर्ताहरुलाई निदेशन दिनुहुदैँ प्रबक्ता प्रकाण्डले भने पार्टीले अबलम्वन गरेको नीति संसदिय ब्वावस्थाले उत्पन्न गरेको समस्या लाई अग्रगामी समाधान दिन पार्टीले चालेको नयाँ विकसित कार्यनिति हो। जनताको अपेक्षापूरा गर्न पार्टीले राष्ट्रिय राजनितिको मुख्य जिम्मेवारी काँधमा लिनु पर्नेअवस्था उत्पन्न भएको विचार राख्दै पार्टी प्रबक्ता ले सोहि जेम्मेवारीका साथ पार्टी वार्ता र सहमतिमा अाएको कुरा प्रस्ट पार्दै नेता कार्यकर्ताले वुझ्नु पर्ने पनि वताउनु भयो ।
    सरकार नेकपा बीचको वार्ताले उनिहरुलाई चलखेल गर्ने ठाउँ नपाए पछि दलाल पुँजिवादीहरु यसलाई सेवोटेज गर्ने षड्यन्त्रका साथ लागि परेकाले सवै क्रान्तिकारीहरु चनाखो भएर अघि बढ्नुपर्ने धारणा ब्याक्त गर्नु भयो ।
    प्रशिक्षण कार्यक्रममा अाफ्नो मन्तब्य राख्दै नपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरो इन्चार्ज मिलनले एकीकृत जनक्रान्तिले ठिक समयमा ठिक ठिक विक्लप दिदै अाईरहेकोले यो सहमति वार्ता पनि पार्टीले संसदिय ब्याव्स्थाको असफलतालाई  चिर्दै नेपाली जनताको माग अनुसार सहिनिति र कार्यक्रम दिएको वताउनु भयो हामिले यो सहमतिलाई त्यहि अनुसार बुझ्न र बुझाउन जरुरी रहेकाले सवै नेता कार्यकर्ताले अाफ्नो कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देन दिनुभयको थियो
    उक्त प्रशिक्षण कार्यक्रममा पार्टीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारे काकाले पनि अाफ्नो र एकीकृत जनक्रान्तिका घाईते योद्धा सुुरेन्द्र महर्जनले पनि अाफ्नो अनुभूति मन्तब्य राख्नु भएको थियो उपत्यका इन्चार्ज मिलनको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रम को काठमाडौं इन्चार्ज शरद रसाईले स्वागत र नुवाकोट इन्चार्ज सविता तामाङले सञ्चालन गरेकी थिइन् ।
    प्रतिकृया दिनुहोस्