News Portal

  • केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता गर्दिनः माधव नेपाल

    जनगर्जन संवाददाता
    ९८ पटक

    चैत्र १८ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली एण्ड कम्पनीले आफूमाथि गरेको कार्बाहीको कुनै अर्थ नभएको बताएका छन् ।

    युवा संघ नेपाल केन्द्रीय कार्यालय उद्घाटन तथा पदभार ग्रहण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘केपी ओली त केही पनि होइनन् । न आन्दोलन न संगठन । केपी ओली भनेको गुटको अर्को नाम मात्र हो । माधव नेपाल समाधान हो ।’

    उनले उनले केपी ओलीसँग कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारे । ०७५ जेठा भन्दा पहिलेको बिन्दुमा ओली आएमा र फागुन २८ को अवैधानिक कदमलाई फिर्ता लिएमात्रै ओलीसँग सहकार्यको सानो त्यान्द्रो बाँकी छ

    नेपालले भने केपी ओलीले एमाले नबनाएको भन्दै आफूलाई पार्टीबाट निकाल्ने हैसियत उनीसँग नभएको नेपालको भनाई छ ।
    कम्युनिष्ट आन्दोलन जोगाउने काम युवा विद्यार्थीहरुको भएको पनि नेपालको भनाई छ ।

     

    प्रतिकृया दिनुहोस्