News Portal

  • एकीकृत जनक्रान्तिको कार्यदिशानै समाजवादी व्यवस्था ल्याउने सुन्दर बाटो हो : भुजेल

    जनगर्जन संवाददाता
    ४२ पटक

    चैत्र १४, पोखरा । नेपाल कम्युनिस्ट पार्टी कास्कीको आयोजनामा शुक्रबार पोखरामा भएको एकीकृत जनजागरण अभियान उद्घाटन तथा राजनैतिक, वैचारीक प्रशिक्षण कार्यक्रममा गण्डक ब्युरो इन्चार्ज उमा भुजेलले एकीकृत जनक्रान्ति मार्फत नै देशमा समाजवादी व्यवस्था आउने भएकाले यो एकमात्र सुन्दर बाटो भएको बताएकी छिन् ।

    कार्यक्रममा उनले समाजवादी व्यवस्था पुंजीवादीहरुले समेत नक्कल गरीसकेको बताउँदै नेपाल कम्युनिस्ट पार्टीको एकीकृत सिद्धान्त नै प्रभावकारी रहेको प्रष्ट पारेकी छिन् । ब्युरो इन्चार्ज भुजेलले वार्तालाई प्रष्ट पार्दै प्रचण्डले गरेजस्तो वार्तामा अन्तर्घात आफ्नो पार्टीले नगरेको साथै जनतालाई सत्य कुरा बताएर स्पष्ट पारीनेसमेत बताएकी छिन् ।

    कार्यक्रममा जबस फ्याक्सन इन्चार्ज रुपेशले संविधानमा लेखीएको कुराहरु खालि कागजमा मात्र सिमित रहेको त्यसको कुनै पनि कुराहरु कार्यान्वयन नभएको बताउँदै उनले देशमा व्यापक दण्डहिनता मौलाएको, काण्डै काण्डको थलो बनेको साथै अहिलेका राजनितिक कर्मिहरु भ्रष्टाचारमा लिप्त रहेको उल्लेख गरे । उनले राष्ट्रियता, जनतन्त्र,जनजिविकाका सवालमा हालका राजनितिक दलहरुले कुनै चासो नरहेको खालि कुरामा मात्र सिमित रहेको बताए ।

    यस्तै कार्यक्रममा कास्की जिल्ला इन्चार्ज उभारले आफुहरु मालेमावादी सिद्दान्तबाट विचलित नहुने साथै दलाल संसदीय व्यवस्था कदापी स्वीकार्य नरहेको बताए ।

    उक्त कार्यक्रममा क. गाउलेको नेतृत्वमा १७ सदस्यीय पोखरा महानगर कमिटि समेत गठन गरीएको थियो ।

    प्रतिकृया दिनुहोस्