News Portal

  • आज एमाले संसदीय दलको बैठक

    जनगर्जन संवाददाता
    ११५ पटक

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो ।

    बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको छ ।” उनका अनुसार नेपाल पक्षका सांसदहरुले बैठकमा आउने/नआउने बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि, उनले सबै सांसदहरु बैठकमा आउने विश्वास व्यक्त गरे ।

    आजको बैठकमा माधव–झलनाथ पक्षका सांसदहरु जाने सम्भावना भने कम रहेको छ । सो पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला आजसम्म चल्नेछ ।

    प्रतिकृया दिनुहोस्