News Portal

  • जेलमा रहेका नेता-कार्यकर्ताहरुलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गरे भेट

    जनगर्जन संवाददाता
    ८४ पटक

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कपिलवस्तु जेलमा रहेका नेता कार्यकर्ताहरुलाई भेट गरेका छन् ।

    कपिलवस्तु जिल्लाको तौलिहवा कारागारमा रहेका आस्थाका राजबन्दीहरूलाई महासचिव विप्लवले भेटवार्ता गरेका हुन् । सो भेटमा नेकपाका केन्द्रीय सदस्य कृति पनि सहभागी थिए ।

    नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्यूरो सदस्य तथा तत्कालिन रूपन्देही जिल्ला इन्चार्ज संगम, थारू राष्ट्रिय मुक्ति मोर्चाका महासचिव नवीन थारू, गणेश चौधरी र दुर्गा रोकालाई नेकपाका महासचिव ‘विप्लव’ र पार्टी केन्द्रिय सदस्य कृतिले मंगलबार भेटवार्ता गरेका हुन्।

    भेटघाटमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका आगामी धारणा तथा योजना र संघर्षका कार्यक्रमहरूका बारेमा छलफल गरिएको र रिहाईको प्रक्रिया पनि चलिरहेको नेकपाको स्रोतले बताएको छ ।

    प्रहरीले संगम, नवीन थारु, गणेश, दुर्गा रोका, पारससहित १० जनालाई १६ साउन, २०७७ मा रूपन्देहीबाट गिरफ्तार गरेको थियो ।

    प्रतिकृया दिनुहोस्