News Portal

  • प्रचण्ड एक्लिने खतरा, माधव नेपाल समुह एमालेमा फर्कने तयारी !

    जनगर्जन संवाददाता
    ४६० पटक

    फागुण २४ काठमाण्डौं । सर्वोच्च अदालतको फैसला पछि नयाँ सकटमा परेको नेकपा भित्र नयाँ गठबन्धनमा रहेको प्रचण्ड र माधव नेपाल समुह पनि अलग्गिने देखिएको छ ।

    स्रोतका अनुसार अहिले पेरिसडाँडामा बसिरहेको सो समुहको स्थायी समितिको बैठकमा यस्तो विषयमा नेपाल पक्षले कुरा राखेको छ । त्यस अघि वानेश्वरमा भएको छलफलमा सो समुहले एमालेमै रहेर ओली बिरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको थियो ।
    पुष ५ मा प्रतिनिधि सभा विघटन पछि ओली बिरुद्ध संघर्ष गर्दै प्रचण्ड माधव समुह आन्दोलित बनेका थिए । प्रचण्ड र माधव नेपाल मिलेपछि ओली अल्पमतमा परेका थिए ।

    पचण्डलाई माधव नेपालले समेत अब साथ छाड्ने भए पछि प्रचण्ड एक्लीने खतरा बढेको छ । एक त आफ्नै पूर्व सहकर्मिहरुले साथ छाडिसकेपछि एमालेसँग एकता गर्न पुगेका प्रचण्ड नेकपाभित्र पनि अन्तरसंघर्षको सही व्यवस्थापन गर्न नसक्दा एक्लीने तहमा पुगेका हुन् ।
    नेपाल समुहले एमालेमै रहेर ओली प्रवृति बिरुद्ध निरन्तर संघर्ष गर्ने अनौपचारीक निर्णय गरेको एक सांसदले जानकारी दिए । अहिले पेरिसडाँडामा नेपाल समुहका सांसद र केन्द्रीय सदस्यहरु जम्मा भएका छन् ।

    प्रतिकृया दिनुहोस्