News Portal

  • अन्यायले सिमा नाघेपछि मृत्यु पनि प्रिय हुन्छ : ‘विप्लव’

    जनगर्जन संवाददाता
    ६७ पटक

    फागुन २४, बुटवल । १११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यले महिलाहरूलाई समान अधिकार र अवसर दिनुपर्ने बताए ।

    उनले उक्त सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यायको लागि संघर्ष गर्न तयार हुने र संघर्षको सबैभन्दा ठूलो हतियार नै संघर्ष भएको बताए । जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरूको चाहना र सपना पूरा नभएको र सहिद तथा बेपत्ता परिवारले न्याय नपाएको बताए । जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितीमा देखिएको र जनताको मत पाएर जनताको छातीमा टेकेर हिँड्नेहरूले कहिल्यै जनताको समस्या समाधान नगर्ने बताए ।

    उनले भने “हामीले भ्रष्टचारको, अन्याय–अत्याचारको, बलात्कारको, महंगीको, देशमा तमाम समस्याहरूको विरुद्ध आवाज उठाउँदा राज्यले हामीलाई दमन गरी प्रतिबन्ध लगायो । हाम्रो लडाई कुनै प्रहरी, सेना, शसस्त्र संग नभई राज्यसत्ता होइन र  आवश्यक परे यो दलाल राज्यसत्ताको विरुद्ध बन्दुक लिएर पनि हिँडुन तयार छौं । जनतालाई दुख दिने हाम्रो एक इन्च पनि मनाशय छैन । हाम्रो मुद्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको विरुद्ध थियो । राज्यले लगाएको प्रतिबन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दमन गर्नु गलत थियो । त्यसको हामी प्रतिकार  गर्यौ र गर्छौ  । “

    उनले वर्तमान दलाल पुंजीवादी दलाल व्यवस्था असफल भएको जनतालाई वर्तमान दलाल पुंजीवादी व्यवस्था की वैज्ञानिक व्यवस्था ठिक भनेर एकपटक जनतालाई जनमत संग्रह गर्न दिनुपर्ने बताए । जनताको न्याय र दमनको विरुद्ध आवाज उठाउँदा मृत्यु पनि सह्य र प्रिय हुने बताए । र एकिकृत जनक्रान्तिको कार्यदिशा नै सबैभन्दा सुन्दर बाटो भएको समेत बताए ।

    प्रतिकृया दिनुहोस्