News Portal

  • म्यानमारमा सैनिक ‘कू’को विरोधमा दिनहुँजसो ठूला प्रदर्शन,एकैदिन ३८ प्रदर्शनकारी मारिए

    जनगर्जन संवाददाता
    ६४६ पटक

    २० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् ।

    सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

    म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।

    सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् ।

    प्रतिकृया दिनुहोस्