News Portal

  • २२ करोडमा बिक्यो एउटा परेवा, किन पर्यो यस्तो महँगो ?

    जनगर्जन संवाददाता
    १३९२ पटक

    काठमाडौं । एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? बेल्जियममा एउटा परेवा २२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिकेको छ । बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको छ । न्यू किम नामको उक्त पोथी परेवाको उमेर २ वर्षको छ ।

    तिव्र वेगमा उड्नसक्ने उक्त धावक परेवालाई २ सय ३७ डलरमा लिलामीमा राखिएको थियो । तर त्यसको मूल्यभन्दा कैयन् गुणा धेरै अर्थात् १९ लाख डलरमा चीनका एक व्यक्तिले सो परेवा खरीद गरे । समाचार एजेन्सी रोयटर्सका अनुसार परेवारको मूल्य त्यतिधेरै परेको सुन्दा उक्त परेवाका मालिक कुर्त वाउवर आफु तिनछक परेको बताउँछन् ।

    यसअघि सबैभन्दा बढि मूल्यमा बिक्ने परेवाको किर्तिमान एउटा चार वर्षको भाले परेवारको नाउँमा थियो, जो १४ लाख डलरमा बिक्री भएको थियो । अरमान्डो नामको उक्त रेसिङ च्याम्पियन परेवालाई परेवाको लुईस ह्यामिल्टन पनि भनिन्थ्यो । उक्त परेवा रिटायर्ड हुनुभन्दा अगाडि सन् २०१९ मा त्यो परेवालाई बिक्री गरिएको थियो ।

    सबैभन्दा महंगो परेवा न्यू किमले सन् २०१८ मा आयोजित परेवा उडान प्रतियोगितामा विभिन्न राष्ट्रिय प्रतिस्पर्धाहरु जितेको थियो र त्यसपछि उसले अवकास लिएको थियो ।पछिल्लो केही वर्षमा चीनमा परेवाको उडान प्रतियोगिता निकै लोकप्रिय बनिरहेको छ । त्यसैले न्यू किम नामक बेल्जियन परेवा खरीदका लागि चीनका दुईजना खरीदकर्ताहरुले लिलाम बढाबढमा बोली लगाएका थिए ।

    यो परेवाले १० वर्षको उमेर हुँदासम्म फुल पार्न सक्दछ । त्यसैले करोडौँमा किनिएको यो परेवालाई समेत प्रजनन मार्फत रेसिङ परेवा उत्पादनका लागि प्रयोग गर्ने सम्भावना रहेको छ । लिलामी संस्था पिपाका सिइओ निकोलसका अनुसार न्यू किम परेवाको किर्तिमानी मूल्य अविश्वसनीय हो । उनका अनुसार बेल्जियममा करीब २० हजार परेवा पालक रहेका छन् । बीबीसी

    प्रतिकृया दिनुहोस्