


पोखरा फागुण १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव कुमार नेपाललाई आफूले संसदीय दलको बैठक बोलाउने र त्यसबाट आफूलाई दलको नेताबाट हटाउन चुनौती दिएका छन् । विधिवत रुपमा आफूलाई दलको नेताबाट हटाए आफू अर्को निर्वाचन सम्म प्रतिपक्षमा बस्न तयार रहेको संकेत पनि प्रधानमन्त्रीले दिएका छन् ।
गण्डकी प्रदेशमा ओली समुहको कर्यकर्ता भेलालाई संवोधन गर्दै उनले दलको नेताले बोलाएको बैठकमा आउन प्रचण्ड माधव समुहलाई आग्रह गरे । साथै उनले पार्टी महासचिवले बोलाएको बैठकमा आउन पनि भनेका छन् ।
विधि, पद्धति, संसदीय अभ्यास, संविधान, कानुन, नियमावली छ । उहाँहरू अपराधै गर्न सफल हुनुभयो भने पनि हामी मान्छौं । मानेर केही बिग्रिँदैन, डेढ वर्ष प्रतिपक्षमा बसौंला, डेढ वर्षपछि दुई तिहाई लिएर जाउँला, ओलीले भने ।
बैठक बोलाएका ठाँउमा नआउने अनि हामीसँग बहुमत छ भन्दै हिँड्ने ? कहाँ देखाउने बहुमत , बैठकमा देखाउनु पर्यो नि, प्रधानमन्त्रीले भने ।
