News Portal

  • विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र बास्तोला सर्वोच्चको आदेशमा छुटे लगत्तै पुनः पक्राउ

    जनगर्जन संवाददाता
    ४३७ पटक

    १० फागुन, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र वास्तोलालाई रिहा गर्न आदेश दिएको छ । लगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको छ ।

    सोमबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश दिएको थियो ।

    थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ।

    सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।

    सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेकामा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ ।

    अब पनि यही विषयमा थुनामा राखे नेपालको संविधानको धारा १२८ (४) र न्याय परिषद ऐन, २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनामा कारबाही गर्ने चेतावनी पनि आदेशमा दिएको छ ।

    तर सर्वोच्चले चेतावनीपूर्ण आदेश दिए पनि सरकारले बास्तोलालाई पुन: पक्राउ गरेको छ । आदेशपछि रिहा भएर सर्वोच्च परिसरबाट बाहिर निस्कनै लाग्दा प्रहरीले बास्तोलालाई गेटबाटै पक्राउ गरेको हो ।

    यसअघि पनि प्रहरीले सर्वोच्चको आदेशको अवज्ञा गर्दै विप्लव नेतृत्वको नेकपाका नेताहरुलाई पटक पटक पक्राउ गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्