News Portal

  • अन्जु पन्तको ‘यादका लहरहरु’मा राजेश र करिश्मा

    जनगर्जन संवाददाता
    ८८४ पटक

    काठमाडौं । नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो ‘यादका लहरहरु’ सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर रहेको डा.प्रकाश पौडेलको शब्द र राज सागरको संगीत रहेको छ ।

    राजेश र करिस्मा प्रेमी जोडीको रुपमा देखिएको भिडियो उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ । हरी हुमागाईको निर्देशन रहेको भिडियोमा राजेश र करिश्माको जोडी सुहाउँदो छ । दर्शकले दुबैको भिडियो अभिनयलाई राम्रा कमेन्ट सहित लाईक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्