News Portal

  • भागरथी बलात्कार तथा हत्या प्रकरण : छिमेकी दिनेश भट्ट पक्राउ, आज सार्वजनिक गर्ने तयारी

    जनगर्जन संवाददाता
    ११२ पटक

    ५ फाल्गुन, काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

    भट्ट भागरथी पढ्ने सनातन माविमै कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । मंगलबार पक्राउ परेका उनी भागरथीको छिमेकीसमेत रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले शंकाको घेरामा रहेका भट्ट भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । यथेष्ठ प्रमाण पश्चात मंगलबार उनलाई पक्राउ गरेको प्रहरी स्रोतले भनेको छ ।

    विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्विकार गरेको पनि प्रहरी स्रोतले जनाएको छ । भागरथीको बलात्कार पछि हत्या भएको १२ दिनपछि प्रहरीलाई सफलता मिलेको हो ।

    दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

    सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।

    यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् ।

    छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबीमा भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएको अनुसन्धानमा आबद्ध एक अधिकृतले बताएका छन् ।

    अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

    प्रतिकृया दिनुहोस्